बिहीबार, भदौ ४, २०८३

वुहानबाट ल्याइएका नेपालीको कोरोना रिपोर्ट 'नेगेटिभ'

चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीमा गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

भक्तपुर- चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार बिहान आएको रिपोर्टअनुसार वुहानबाट ल्याएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १७५ जनामा नै कोरोनाको संक्रमण नरहेको पाइएको हो ।

सोमबार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. रञ्जित शाह नेतृत्वको खटिएको टोलीले घाँटी र नाकको स्वाव संकलन गरेको थियो ।

संकलित थ्रोट स्वाव परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो। परिक्षणको रिपोर्टअनुसार सबैजना स्वस्थ र सकुशल रहेको पाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

परिक्षण रिपोर्टका विषयमा विस्तृत रुपमा जानकारी दिन आज (बुधबार) दिउँसो पत्रकार सम्मेलन गरिँदैछ । दिउँसो १ बजे स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपाल समयलाई जानकारी दिए ।

चीनबाट उद्धार गरी ल्याइएका नागरिकलाई भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा १३५ जना पुरुष र ४० जना महिला गरी १७५ जना रहेका छन् । उनीहरूलाई त्यहाँ कम्तीमा १४ दिनसम्म राखिनेछ।

यसैबीच वुहानबाट ल्याइएका नेपालीहरु राखिएको क्षेत्र खरिपाटीमा क्रमशः त्रास कम हुँदै गएको छ । सुरुका दिनमा डराएर घर नै छाडेकाहरु विस्तारै घर फर्किएका छन् । स्थानीय प्रशासनले जनचेतना जगाउन भन्दै घरदैलो अभियान पनि चलाएको छ ।

प्रकाशित: Feb 19, 2020| 09:33 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।