शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले थप्यो सबै ठेक्काको म्याद २०७८ चैत मसान्तसम्म

सरकारले थप्यो सबै ठेक्काको म्याद २०७८ चैत मसान्तसम्म

सरकारले सबै ठेक्काको म्याद एकमुष्टमा २०७८ चैत मसान्तसम्म थप गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- सरकारले सबै ठेक्काको म्याद एकमुष्टमा २०७८ चैत मसान्तसम्म थप गरेको छ। 

निर्माण व्यवसायीहरुको माग बमोजिम सरकारले सबै खालका ठेक्काहरुको म्याद २०७८ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको हो। उक्त निर्णय भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। सोमबार एक विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायी महासंघले सरकारबाट सबै खालका ठेक्काको म्याद चैत मसान्तसम्मका लागि थपिएको जनाएको छ। 

महासंघले  ​कोरोना र त्यसको नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशका कारण काम गर्न नसकिएको भन्दै कम्तिमा ६ महिना म्याद थपिदिन सरकारसँग माग गर्दै आएको थियो।

निर्माण व्यवसायीको निवेदनका आधारमा सम्बन्धित बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थपको आवश्यकता र औचित्यको आधारमा त्यस्तो खरिद सम्झौताको म्याद बढीमा २०७८ चैत मसान्तसम्मको लागि थप एक महिना भित्र गरिसक्नुपर्ने छ।

प्रकाशित: Sep 06, 2021| 19:14 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्