बिहीबार, भदौ ४, २०८३

सुन इतिहासकै महँगो, तोलाको ७६,७०० रूपैयाँ

केही दिनयता उकालो लागेको सुन इतिहासकै महँगो भएको छ।
 |  मंगलबार, फागुन ६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ६, २०७६

काठमाडौं– केही दिनयता उकालो लागेको सुन इतिहासकै महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई सय रूपैयाँ बढेर ७६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सुनको उच्च मूल्य ७६ हजार पाँच सय रूपैयाँ कायम थियो। गत माघ १९ गते पहिलो पटक उक्त मूल्य कायम भएको थियो। त्यसपछि गत सोमबार पनि सोही दररेटमा सुन किनबेच भएको थियो।

यस्तै, तेजावी सुन पनि प्रतितोला दुई सय रूपैयाँ ७६ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ।

नेपालमा मात्रै होइन, विश्व बजारमै सुनको भाउ महँगिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। विश्वबजारमा सुनको भाउ प्रतिऔंस (एक औंश बराबर २८.३४९५ ग्राम) १ हजार ५ सय डलर पुगेको छ।

महासंघका अनुसार शक्तिशाली राष्ट्रबीचको तनाव, अमेरिका–चीन शितयुद्धलगायत कारण सुनको भाउ महँगिएको हो।

जसका कारण लगानीकर्ता डलर र सेयर बजारमा लगानी गर्न ढुक्क हुन सकेका छैनन्। र, सुनतिर आकर्षित भएका छन्।

प्रकाशित: Feb 18, 2020| 13:18 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्