काठमाडौं– बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलाशले उनलाई सफाइ दिएको हो।
महराको पक्षबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बराल तथा अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।
गत असोज पहिलो साता संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणीको आरोप लगाएपछि उनले असोज १४ गते राजीनामा दिएका थिए।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गरिएको थियो।
तत्कालीन जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो।