काठमाडौं – उद्योगी, व्यवसायीहरुले ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दै काठमाडौंमा मौन जुलुस निकालेका छन्। बिहीबार काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन्।
उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपकड गर्ने, पक्राउ गर्नेलगायतका काम नगर्न सरकारको ध्यानाकर्षण गराउन सो मौन जुलुससहितको शान्तिपूर्ण विरोध प्रर्दशनको कार्यक्रम आयोजना गर्नु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए। उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
उद्योगपति ज्योतिलाई जग्गाको कारोबारमा करोडौं ठगी गरेको आरोपमा गत कार्तिक २१ गते बिहीबार पक्राउ गरिएको थियो।