बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसको तेस्रो दिन १० खेल हुँदै

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसको तेस्रो दिन १० खेल हुँदै

 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौंमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आज सोमबार १० खेल हुँदैछन् । तेस्रो दिन लिग चरण अन्तर्गतका ६ खेल हुनेछन् जसमध्ये पहिलो खेलमा भारतिय राजदूतावासको टोली मेगा बैंक विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्सुरेन्स र प्राईम बैंक आमनेसामने हुँदैछन् ।

त्यस्तै तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा बिकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतिय राजदूतावासको टोली एकआपसमा प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणका खेलपछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपुरस्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् ।

प्रकाशित: Feb 17, 2020| 11:54 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्