बुधबार, भदौ ३, २०८३

युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता

 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– युनाईटेड फाईनान्स लिमिटेडले २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरनतरता दिँदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आजदेखि नै संचालनमा आएको छ ।

यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १०० जम्मा गरीने तथा निःशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईनेछ ।

नेपालकै पुरानो मध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ र यो योजना सबै शाखा कार्यालयहरुमा लागु गरिएको छ । यो योजना हाललाई फागुन महिना भरीका लागि संचालनमा ल्याईएको छ ।

प्रकाशित: Feb 16, 2020| 17:02 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्