बुधबार, भदौ ३, २०८३

वितरणतर्फको विद्युत् चुहावट ९.७८ प्रतिशतमा सीमित

चालू आर्थिक वर्ष २०७६–०७७को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत चुहावट ९.७८ प्रतिशतमा झरेको छ । गत आवमा यस्तो चुहावट ११.२८ प्रतिशत थियो।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– चालू आर्थिक वर्ष २०७६–०७७को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत चुहावट ९.७८ प्रतिशतमा झरेको छ । गत आवमा यस्तो चुहावट ११.२८ प्रतिशत थियो।

चालू आवमा वितरणतर्फको विद्युत् चुहावटलाई ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरी विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भई काम गरिरहेको बताएको छ ।

आव २०७२–०७३मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५–०७६सम्ममा १५.३२ प्रतिशतमा झारिएको छ । चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ ।

चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रुपमा झण्डै १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । आवको बाँकी ६ महिनामा तय गरिएको लक्ष्य हासिल हुने घिसिङको भनाइ छ।

प्रकाशित: Feb 16, 2020| 16:26 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्