बिहीबार, चैत १२, २०८२

ट्रिटन फेयरमा रमाए विद्यार्थी

 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– शुक्रबार ट्रिटन कलेज सुविधानगर तीनकुनेमा विद्यार्थीहरुका लागि केही खास वातावरण बन्यो । केही विद्यार्थी नेपाली संस्कृति झल्काउने पोशाकमा सजिएर नाचिरहेका थिए त कोही आर्ट गर्दै थिए । कोही भने आफूले बनाएको रोबोटिक्सका विषयमा निर्णायकसमक्ष विस्तृत जानकारी गराइरहेका थिए ।

National life

ट्रिटन कलेजले आयोजना गरको ट्रिटन फेयर २०२० मा विद्यार्थीहरुले आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए । फेयरमा विभिन्न १२ कलेज र २६ स्कुलको सहभागीता रहेको थियो । कलेज परिसरमा गरिएको फेयरमा कलेज तहका विद्यार्थीहरुका लागि विज्ञान र प्रविधिसम्बन्धि प्रतिस्पर्धा, र स्कुल तहका विद्यार्थीका लागि चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता लगाएत अन्य प्रतियोगिताहरु भएका थिए ।

व्यवहारिक शिक्षामा जोड दिने र विद्यार्थीका प्रतिभाहरु उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको फेयर विद्यार्थीहरुका लागि प्रभावकारी हुने कलेजका प्रिन्सिपल समिर शर्माले बताए । साथै गुणस्तरीय शिक्षाको विकासमा ट्रिटनले महत्वपूर्ण योगदान दिनसक्ने विश्वास उनले व्यक्त गरे ।

ट्रिटन फेयरमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक, स्थानीय समुदाय, सामाजिक संघसंस्थाहरुको सहभागिता रहेको थियो । कलेजका निर्देशक तरुणप्रताप शाहले ट्रिटनलाई गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तब्य बनाउने लक्ष्यसहित अघि बढेको बताए ।

कक्षाको पढाइ र सैद्धान्तिक सिकाइसँगै यस्ता रचानात्मक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्ने शाहको भनाइ छ ।साथै स्कुल तथा कलेजहरुको भीडमा ट्रिटनले अलग्गै पहिचान बनाउन सफल भएको उनको भनाइ थियो ।

Laxmi sunrise bank
kumari

एक दिने फेयरमा विद्यार्थीको सिर्जना र सिपलाई प्रवद्र्धन गर्ने गरी फुड स्टल, नृत्य, नाटक, गीतलगायतक विविध रचनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् । हरेक वर्ष यस्ता फेयरहरु आयोजना गरिने कलेजले जनाएको छ।

ट्रिटन फेयरको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा मानव संसाधन विकास केन्द्रका उपनिर्देशक विष्णु प्रसाद अधिकारीले यस्ता किसिमका कार्यक्रम तथा प्रतियोगिताहरु हरेक विद्यालय तथा कलेजले गर्नु आवश्यक रहेको बताए ।

निजी विद्यालयहरुले उत्पादन गर्ने विद्यार्थीहरु अन्तर्राष्ट्रिय बजारको लागि मात्रै हो भन्ने मानसिकता चिर्न र आफ्नो उत्पादित जनशक्तिलाई नेपालमै लगानी गर्नुपर्छ भन्ने वातावरण बनाउन यस्ता फेयरहरु सहयोगी बन्ने उनको भनाइ थियो।

प्रकाशित: Feb 14, 2020| 17:40 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्