बुधबार, भदौ ३, २०८३

दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’ नेपालयबाट आउँदै

पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने तयारी पूरा गरेको छ ।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौँ । पब्लिकेसन नेपालयको नयाँ टीमले २०२० को ताजा कार्यतालिका अनुसार चारवटा पुस्तकहरू प्रकाशन गर्ने तयारी पूरा गरेको छ ।

नेपालयको महिला नेतृत्व अन्तर्गत प्रकाशित हुन लागेका चारवटै शीर्षकहरू महिला लेखकहरूले सृजना गरेका छन् । नेपालयले आफ्नो यो शृङ्खला, नेपाली साहित्यमा महिला लेखकको प्रतिनिधित्वलाई समर्पित गरेको छ । २०२० मा प्रकाशित हुने कृतिमा सृजनशील युवा लेखकले सृजना गरेका कथा, उपन्यासका साथै संस्मरण विधा र एक स्थापित लेखकको ओजपूर्ण पुनरागमन पनि समावेश छ ।

२०२० को लागि तयार पारिएको यस शृङ्खलाको पहिलो पुस्तक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ रहेको छ । ‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको संग्रह हो । ‘कुमारी प्रश्नहरू’ उनको प्रथम पुस्तक कृति हो ।

यही फागुन ९ गते सार्वजनिक हुने दुर्गा कार्कीको पुस्तक ‘कुमारी प्रश्नहरू’ को मूल्य ४२५ रुपैयाँ निर्धारण गरिएको छ। पुस्तक नेपालका सबै प्रतिनिधि बिक्रेता र तिनका बिक्री कक्षमा तथा एमाजन डट कममार्फत् संसारभर उपलब्ध हुने नेपालयले जनाएको छ ।

प्रकाशित: Feb 14, 2020| 10:33 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।