बुधबार, भदौ ३, २०८३

सनराइज बैंकको सनराइज पपकर्न मेनिया योजना

 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकको लागि सनराइज बैंकले क्युएफएक्ससँग सहकार्य गरी सनराइज पपकर्न मेनिया नामक योजना ल्याएको छ । फाल्गुन २, २०७६ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले क्युएफउक्सका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा समावेश हुनको लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्युएफएक्स सिनेमाजस्थित पीओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ । प्रति कारोबार अधिकतम पाँचवटा सम्म पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ ।

प्रकाशित: Feb 14, 2020| 10:29 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्