काठमाडौं - अक्सिडेन्टल पब्लिक स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। ज्ञानेश्वरस्थित सानो गौचरणमा कार्यक्रम सम्पन्न भएको हो।
विद्यालयका प्रअ टेक बहादुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिमसिना रहेका थिए।
तिमसिनाले दक्षिण एसियामा नेपालले खेलकुद क्षेत्रमा चुनौती प्रस्तुत गरेको कुरा उल्लेख गर्दै विद्यालय नै खेलकुदको आधारभूमि भएको स्पष्ट पारे।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निर्देशक डीबी निरौलाले विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस्तो खेलकुदको आयोजना प्रत्येक वर्ष विद्यालयले गर्दै आएको बताए।
कक्षा कोठाको सीमित ज्ञान भन्दा यस्तो कार्यक्रमले नै विद्यार्थीको मानसिक तथा शारीरिक विकास छिटो हुने कुरा कार्यक्रमका सभापति प्रअ पौडेलले बताए।
कार्यक्रममा विजेता टिम तथा विद्यार्थीलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो।