काठमाडौं– समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विशेष महत्व दिने रणनीति अनुरुप बैंकले बारा जिल्लाको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको कलैया शाखाको उद्घाटन गरे ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सि.सि.टि.भि.क्यामेरा प्रदान गरियो ।
उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल, कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नेपाल प्रहरी बाराका प्रमुख कृष्ण प्र. पंगेनी, उवा संघका अध्यक्ष विनोद साह, कलैया उप–महानगरपालिकाका वडा नं ४ का अध्यक्ष जटा शंकर, सिभिल बैंकका प्रदेश २ का प्रमुख सुरज दाहाल लगायतको उपस्थिति थियो ।