बुधबार, भदौ ३, २०८३

दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

गालीबेइज्जती मुद्दामा फरार रहेका बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन्।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं - गालीबेइज्जती मुद्दामा फरार रहेका बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन्। प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुर बिहीबार उपस्थित भएर तारेखमा छुटेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। उनले प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताइन्।

प्रसाईंविरुद्ध गत माघ २ गते गालीबेइज्जती मुद्दामा भक्तपुर प्रशासनले पक्राउ गर्न वारेन्ट जारी गरेको थियो। त्यसपछि उनलाई प्रहरीले खोजी गर्दा पनि फेला पार्न सकेको थिएन।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध गालीबेइज्जती मुद्दा दर्ता गराएका थिए। प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन निवेदन दिँदा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड रुपैयाँ घूस मागेको आरोप लगाएपछि गिरी अदालत गएका थिए।

प्रकाशित: Feb 13, 2020| 14:37 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।