शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्ष शाहद्वारा छठ व्रतालुलाई साडी र पूजा सामग्री वितरण 

अध्यक्ष शाहद्वारा छठ व्रतालुलाई साडी र पूजा सामग्री वितरण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- छठ व्रतालुलाई जनकपुरमा साडी र पूजा सामग्री वितरण गरिएको छ। 

डिभी ग्रुप अफ कम्पनीजले छठ व्रतालुलाई साडी, पैसा, गहुँ, नगद वितरण गरेको हो। गु्रपका अध्यक्ष विश्वनाथप्रसाद शाहले छठ व्रतालुलाई पूजा सामग्री वितरण गरेका हुन्। नेपाल समय डटकमका अध्यक्षसमेत रहेका शाहले २६ वर्षदेखि छठ व्रतालुलाई साडी र पूजा सामग्री वितरण गरिरहेका छन्। 

अध्यक्ष शाहको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब १५ सय व्रतालुलाई साडी, गहुँ र नगद वितरण गरिएको हो।
छठ पर्व गर्ने व्रतालुले नयाँ साडी लगाउनुपर्ने, गहुँको पिठोबाट बनाइएको प्रसादले पूजा गर्नुपर्ने भएकाले ती सामग्री वितरण गरिएको बताइएको छ। 

कार्यक्रममा मेयर साहले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गरिनु प्रशंसनीय भएको बताए। उनले आगामी वर्ष पनि यसलाई निरन्तरता दिन आग्रह गरेका छन्। 

अध्यक्ष शाहले जनकपुरस्थित एक मन्दिरका महन्तको आग्रह अनुसार साडी वितरण गरेको बताए। उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने आवश्वासन दिए । केही दिनमा ट्रस्ट स्थापना गरी छठ कार्यक्रमलाई भव्य बनाइने उनले बताए। 

वरिष्ठ पत्रकार रामभरोस कापडीले छठको महत्वबारे प्रकाश पारेका थिए।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पूर्वउपमेयर किशोरी साह, जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक रामेश्वर कार्की, वरिष्ठ समाजसेवी अमरचन्द्र अनिल, महावीर युवा कमिटीका अध्यक्ष सन्तोषकुमार साह लगायतले अध्यक्ष साहको कामको प्रशंसा गरेका थिए। 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।