बिहीबार, जेठ २१, २०८३

सल्यानमा सेनाको गाडी दुर्घटना, जमदारको मृत्यु

सल्यानमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। कपुरकोट–३ चोरखालामा सेनाको गाडी दुर्घटना भएको हो।
 |  बुधबार, माघ २९, २०७६

देव राना

देव राना

बुधबार, माघ २९, २०७६

सुर्खेत- सल्यानमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। कपुरकोट–३ चोरखालामा सेनाको गाडी दुर्घटना भएको हो।

National life

दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए।

उनका अनुसार मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दार जय प्रकाश बोहरा लगायत ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

घाइतेको उद्धारका लागि नेपाली सेनाको एयरबेस क्याम्पस सुर्खेतबाट हेलिकप्टर झिकाइएको लामिछानेले बताए।

घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाने तयारी गरिएको छ। गाडी सडकबाट ५ सय मिटर तल खसेको छ।

Shivam cement

गाडीमा ७ जना थिए। कपुरकोटदेखि बुटवल जाँदै गरेको लु १ ग १२३ कपुरकोटको सबुज गणको गाडी दुर्घटनामा परेको हो।

प्रकाशित: Feb 12, 2020| 18:30 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।