ललितपुर– ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे ।
मंगलबार आयोजित उक्त कार्यक्रममा ललितपुर जिल्ला अदालतका न्यायाधीश एवं पदाधिकारीहरू तथा बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती थियो ।
उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने र यस बैंकको बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पुर्याउने बैंकको अथक यात्रा जारी रहेको जानकारी गराए ।