बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकको नाफा दोस्रो त्रैमासिकसम्म ३० प्रतिशतले वृद्धि

मेगा बैंकको नाफा दोस्रो त्रैमासिकसम्म ३० प्रतिशतले वृद्धि

मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा बढेको छ । दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा बढेको छ । दोस्रो त्रैमासिक अवधिसम्म मेगा बैंकले ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।
आर्थिक वर्ष २०७६–७७ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको छ । जबकी आर्थिक वर्ष २०७५–७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३० प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ ।

२०७६ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

 

प्रकाशित: Feb 12, 2020| 08:23 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्