बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालका चार विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसडर

नेपालका चार विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसडर

स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं । स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ । मेरियट होटल, काठमाडौंमा आयोजित एक समारोहमा नेपालका ४ जना विद्यार्थीलाई एम्बेसडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए ।

विद्यार्थी एम्बेसेडरलाई स्टडी एडिलेडले ५००० अष्ट्रेलियन डलरको उत्साजनक सपोर्ट प्याकेज प्रदान गर्नेछ । यो प्रतियोगिताले नेपालभरि नै उत्साहजनक प्रतिक्रिया पाएको थियो र पहिलो पटक स्टडी एडिलेड स्टुडेन्ट एम्बेसेडर को ट्याग जित्नका लागि ठूलो संख्यामा उम्मेदवारले आवेदन दिएका थिए ।

सन् २०२० का लागि छनौट गरिएका ४ विद्यार्थीहरु काठमाडौंका पार्वती बुढाथोकी, प्रनिश महर्जन, ललितपुरका सन्देश बस्नेत र मोरङका खगेन्द्र कार्की रहेका छन् ।

प्रकाशित: Feb 12, 2020| 08:10 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्