काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
अन्नपूर्ण पोस्ट दैनिकले ‘एमसीसी संशोधन अमेरिकालाई अमान्य’ शीर्षकको समाचार प्रकाशित गरेको छ।
यस्तै, सोही दैनिकले चीनबाट नेपाली उद्दार गरेर ल्याउने सरकारको तयारीसम्बन्धी समाचारलाई पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ । अन्नपूर्णले ‘यसरी ल्याइनेछ चीनबाट नेपाली’ शीर्षक दिएको छ।
“चीनमा रहेका नेपालीले नोबल कोरोना भाइरसको महामारीबाट उद्धार खोजेको धेरै दिन भयो। नेपालमा उनीहरूका अभिभावकले सरकारी निकायदेखि संवैधानिक अंगसम्म पुगेर हारगुहार गरिरहेका छन्। सरकारले बल्ल उनीहरूको उद्धार गर्न आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। उनीहरूलाई फागुन ३ भित्र ल्याउने गरी कार्ययोजना बनाइरहेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए,” अन्नपूर्णले लेखेको छ।
नयाँ पत्रिका दैनिकले ‘५५ हजार बालबालिका घरेलु मजदुर’ शीर्षकको मुख्य समाचार प्रकाशित गरेको छ।
कान्तिपुर दैनिकले ‘सम्पदा जोगाउन खाली खुट्टा सडक’ शीर्षकको दिएर तस्बिर प्रकाशित गरेको छ। यस्तै, सोही दैनिकले ‘तुइन तर्न १०० रुपैयाँ!’ शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ।
नागरिक दैनिकले संसद् अवरोध हटेको समाचारलाई पहिलो पृष्ठमै छापेको छ।
यसबाहेक आजका प्रायःजसो सबै ब्रोडसिटका पत्रिकाले ज्ञवाली २७ औं प्रहरी प्रमुख बनेको र दिल्ली विधानसभामा सत्ताधारी दल आम आदमी पार्टीले दुईतिहाईभन्दा बढी सिट जितेको समाचारलाई पहिलो पृष्ठमा समाचार छापेका छन्।