NadaNada
शनिबार, भदौ ७, २०८२

'आम आदमी पार्टी, आम आदमीकै लागि'

शिरमा सेतो भारतीय टोपी, काँधमा सामान्य मफलर, मुखमा "भारत माता कि जय"।
 |  मंगलबार, माघ २८, २०७६
nespernesper

बीबीसी

बीबीसी

मंगलबार, माघ २८, २०७६

vianetvianet

नयाँ दिल्ली- शिरमा सेतो भारतीय टोपी, काँधमा सामान्य मफलर, मुखमा "भारत माता कि जय"। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविंद केजरीवालको यो एउटा विशिष्ट पहिचान हो। केजरीवालको नेतृत्वमा आम आदमी पार्टी दिल्लीमा लगातार तेस्रो पटक सरकार बनाउने तयारी गरिरहेको छ।

पहिलो पटक ४९ दिन र त्यसपछि पाँच वर्षसम्म सरकार चलाएपछि अरविंद केजरीवाल एक पटक फेरि पाँच वर्ष दिल्लीमा सरकार चलाउन तयार छन्। पछिल्लो मतपरिणामअनुसार आमआदमी पार्टीले दिल्ली प्रदेशको ७० सिटमध्ये ५५ मा जित हात पारेको छ भने ७ वटामा अग्रता कायम गरेको छ। यसअर्थमा उनले दिल्लीमा सरकार बनाउने पक्का भएको छ।

यस पटक उनले चुनावी घोषणापत्र जारी गर्नुभन्दा पहिले दसवटा बुँदामा आफ्ना प्रतिबद्धताहरु जनताका सामु प्रस्तुत गरेका थिए। उनले आफ्नो प्रदेशवासीका लागि नयाँ सेवाको शिलशिला जारी गर्दै नयाँ कार्यकालको सपथ लिने तयारी गरिरहेका छन्।


उनले जारी गरेका नयाँ 'ग्यारेन्टी कार्ड'मा निम्न बुँदाहरु समेटिएका छन्-

१-जगमगाउँदो दिल्ली

Metro Mart

सबैलाई २४ सै घण्टा लगातार बिजुली, २०० यूनिट बिजुली सित्तैमा प्राप्त भैरहने। तारका जञ्जालको अन्त्य, हरेक घरमा भूमिगत केबलको माध्यमबाट विद्युत आपूर्ती गरिने।

२-हरेक घरमा पाइपबाट पानीको आपूर्ती

अब घरघरमा २४ सै घण्टा शुद्ध पिउने पानीको सुविधा। हरेक परिवारलाई २० हजार लीटर पानी सित्तैमा वितरण गरिने योजना जारी राखिने।

३-मुलुक कै सर्वोत्कृष्ट शिक्षा व्यवस्था

दिल्लीका हरेक बालबालिकाका लागि विश्वस्तरीय शिक्षाको व्यवस्था गरिने।

४-सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा

दिल्लीबासीका निम्ती आधुनिक अस्पतालहरु र 'मोहल्ला क्लिनिक'को माध्यमबाट स्वास्थ्य उपचारको समुचित सुविधा गरिने।

५-सबैभन्दा ठूलो र सस्तो यातायात व्यवस्था

११ हजार भन्दा बढी बसहरु तथा ५०० किमीभन्दा बढी लामो मेट्रो लाइनको विस्तार, महिलाका साथै छात्राहरुलाई पनि नि:शुल्क बस यात्राको सुविधा प्रदान गरिने।

६-प्रदूषणमुक्त दिल्ली

वायु प्रदूषणको स्तरलाई कम्तिमा पनि तीन गुणा घटाउने लक्ष्य, २ करोड भन्दा बढी रुख बिरुवा लगाएर ग्रीन दिल्ली बनाइने, यमुना नदीलाई स्वच्छ र अविरल बग्ने बनाइने।

७-स्वच्छ एवम् सुन्दर दिल्ली

दिल्लीलाई फोहरका डङ्गुरहरुबाट मुक्ति दिलाएर स्वच्छ र सुन्दर बनाइने

८-महिलाका लागि सुरक्षित दिल्ली

सीसीटीवी क्यामरा, स्ट्रीट लाइट्स तथा बस मार्शलको ब्यवस्था गर्नुकासाथै 'मोहल्ला मार्शल' तैनाथ गरिने

९-मूलभूत सुविधायुक्त कच्ची कोलोनिहरुको निर्माण

सबै कच्ची कोलोनिहरुमा सडक, खानेपानी, ढल निकास, 'मोहल्ला क्लिनिक' र सीसीटीवीको सुविधा उपलब्ध गराइने

१०-जहाँ 'झुग्गी' त्यही घर

दिल्लीका हरेक झुग्गीवासीलाई सम्मानपूर्ण जीवन प्रदान गर्न पक्की घर निर्माण गरिदिने

प्रकाशित: Feb 11, 2020| 20:48 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।