बुधबार, भदौ ३, २०८३

प्रहरी आईजीपीमा एउटै ब्याजी खनाल गए, ज्ञवाली आए

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अवकाश पाएकै दिन उनकै ब्याजी ठाकुरप्रसाद ज्ञवालीले उक्त पद सम्हाल्ने अवसर पाएका छन्।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अवकाश पाएकै दिन उनकै ब्याजी ठाकुरप्रसाद ज्ञवालीले उक्त पद सम्हाल्ने अवसर पाएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो। खनाल र ज्ञवाली नेपाल प्रहरीमा भर्ना हुँदाका एउटै ब्याजी हन्। ज्ञवाली वैकल्पिकबाट भर्ना भएका हुन्।

खनालले झन्डै २२ महिना महानिरीक्षक भएर प्रहरी संगठनको नेतृत्व सम्हाल्ने मौका पाए पनि ज्ञवाली भने ५ महिना मात्र नेतृत्वमा रहनेछन्। ३० वर्षे सेवा हदका कारण ज्ञवालीले आगामी असार २४ गते अवकाश पाउनेछन्।

खनालसहित २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका ३ एआईजी र १८ डीआईजी पनि बुधबारदेखि अवकाश हुँदै छन्। शान्ति, सुरक्षा र अमनचयनको पहिलो घेरामा उभिएर सेवा प्रवाह गर्ने नेपाल प्रहरीको ज्ञवाली २७ औँ आईजीपी बनेका छन्।

आईजीपीको कार्यकाल ४ वर्षे भए पनि ३० वर्षे सेवा अवधिका कारण ज्ञवाली ५ महिनाका लागि मात्र आईजीपी बनेका छन्।

खनालसँगै अवकाश पाउनेमा एआईजीहरु पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यात छन्। डीआईजीहरूमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जीटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापति छन्।

गृह मन्त्रालयले ज्ञवालीलाई आईजीपी बनाउन प्रस्ताव गरेको थियो। डीआईजी बढुवामा ज्ञवालीको वरीयता तेस्रो नम्बरमा थियो। पहिलो नम्बरमा रहेका विनोद घिमिरे र दोस्रो नम्बरमा रहेका विकाश श्रेष्ठले अवकाश पाउने भएपछि ज्ञवाली आईजीपीको पहिलो दाबेदार बनेका हुन्। ज्ञवालीसँगै तारिणीप्रसाद लम्साल पनि आईजीपीको दौडमा थिए।

२ भाइ प्रहरीमा

नवनियुक्त आईजीपी ज्ञवालीका ४ दाजुभाइमध्ये २ भाइ नेपाल प्रहरीमा छन्। २०२२ साल असोज २८ गते प्युठानको बाँदीकोट गाविसमा ज्ञवालीको जन्म भएको हो।

चार दाजुभाइमा माइलो र परिवारमा छैटौं सन्तानका रुपमा रहेका ज्ञवालीले प्युठानको बाल शिक्षा माविबाट एसएलसी, त्रिचन्द्र कलेजबाट आइएस्सी र बीए तथा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।

खनालका साइँला भाइ श्याम ज्ञवाली नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक पदमा कार्यरत छन्।

प्रकाशित: Feb 11, 2020| 17:04 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।