बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टीमा निःशुल्क डिनर

एनआईसी एशिया बैंकका ग्राहकलाई सोल्टीमा निःशुल्क डिनर

एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– एनआईसी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ ।

जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते एनआईसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एपमा कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवनसाथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।

बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत कुनै पनि भुक्तानीमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन ।

प्रकाशित: Feb 11, 2020| 10:43 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्