काठमाडौं– दराजले सामसङ नेपालसँगको सहकार्यमा सामसङ ग्यालक्सी नोट १० लाइट ‘लन्च’ गर्ने भएको छ ।
दराजले नोट १० लाइट विश्वको सबै भन्दा राम्रो मूल्यमा बुधबार लन्च गर्ने बताएको हो । फोन ‘औरा ब्ल्याक’ र ‘और ग्लो’मा उपलब्ध हुनेछ । फोनको मूल्य युरोपियन बजारमा ६ सय २७ युरो ९७८ हजार ३ सय रुपैयाँ० छ । यस दिन दराजले फोनलाई ५९ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउने भएको हो ।
ग्राहकहरूले ग्यालक्सी नोट १० लाइटमा नेपालभर निःशुल्क सिपिङ पाउने बताइएको छ । यो फोनको खरिदमा ग्राहकहरूले ३५ सय रुपैयाँ पर्ने सामसङ स्मार्ट फ्लिप कभर १ हजार र पहिलो ५० ग्राहकले एक्युरेटको वायरलेस ब्लुटुथ नेप इयरडट्स निःशुल्क पाउनेछन् । यसबाहेक, ग्राहकले सांग्रिला होटलमा खाना र पेय पदार्थमा २० प्रतिशत छुटको मज्जा लिन सक्ने दराजले जनाएको छ ।
ग्यालक्सी नोट १० लाइटको विशेषता
सामसङ ग्यालक्सी नोट १० लाइट इन्फिनिटी ओ डिस्प्ले, ट्रिपल रियर क्यामेरा, र एस पेन स्टाइलसको साथ आउँछ । यसमा २५ वाटको सुपर फास्ट चार्जिङको साथ ४ हजार ५ सय एमएएचको ब्याट्री छ ।
यो एक्सिनेक्स् ९८१० द्वारा सञ्चालित छ र यसमा ८ जीबी र्याम र १ सय २८ जीबी रोम छ । यसको माइक्रोएसडी कार्डमार्फत् रोमलाई १ टिबी सम्म थप्न सकिन्छ । यस डुअल सिम ९न्यानो० स्मार्टफोेनमा १०८० बाइ २४०० पिक्सलको ६।७ इन्च फुलएचडी इन्फिनिटी ओ सुपर आमोलेड डिस्प्ले छ । फोनमा एन्ड्रोइड १० को ‘अपरेटिङ सिस्टमको’ साथ सामसङ वान युजर इन्टर्फेस रहेको बताइएको छ ।
फोटो र भिडियोका लागि फोनमा ट्रिपल रियर क्यामेरा सेटअप छ । जसमा ड्युअल पिक्सेल अटोफोकस, एफ–१.७ लेन्स, र अप्टिकल इमेज स्टेबलाइजेसन भएको फ्ल्यागसिप स्तरको १२ मेगापिक्सल सेन्सर छ ।
फोनमा एफ २.२ वाइड एंगल लेन्स, एफ २.४ टेलिफोटो लेन्स, अप्टिकल इमेज स्टेबलाइजेसन र २ गुणा म्याग्निफिकेसनको अप्टिकल जुम रहेको अर्को १२ मेगापिक्सल सेन्सर पनि छ । यसमा एफ २.२ लेन्स भएको ३२ मेगापिक्सलको सेल्फी क्यामेरा पनि छ ।