बुधबार, भदौ ३, २०८३

सिभिल बैंकको नाफा घट्यो

पुुस मसान्तसम्म सिभिल बैंकले ३१ करोड ६२ लाख रुपैयाँ कमाएको छ। निक्षेप २१ प्रतिशत र कर्जा प्रवाह १४ प्रतिशतले बढाएको सिभिलले अघिल्लो वर्षको यही अवधिभन्दा साढे ५ करोड कम कमाएको हो ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– पुुस मसान्तसम्म सिभिल बैंकले ३१ करोड ६२ लाख रुपैयाँ कमाएको छ। निक्षेप २१ प्रतिशत र कर्जा प्रवाह १४ प्रतिशतले बढाएको सिभिलले अघिल्लो वर्षको यही अवधिभन्दा साढे ५ करोड कम कमाएको हो ।

बैंकले पुस मसान्तसम्म ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकको ग्राहक संख्या ४ लाख १२ हजार ८१९ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या २ लाख ६७ हजार ३५९ थियो ।

यसैगरी बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ५ करोड रहेको खुद सञ्चालन आम्दानी बढेर १ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित: Feb 11, 2020| 10:29 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्