सोमबार, असोज २६, २०८३

थोरै अंकले बढ्यो नेप्से, कारोबार पनि कम

सेयर बजार परिसूचक (नेप्से) सोमबार ४.२८ अंकले उकालो लागेर १३२४.२६ अंकमा अडिएको छ । आइतबार १३ अंकले ओरालो लागेको बजार सोमबार केही सुधारिएको हो ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) सोमबार ४.२८ अंकले उकालो लागेर १३२४.२६ अंकमा अडिएको छ । आइतबार १३ अंकले ओरालो लागेको बजार सोमबार केही सुधारिएको हो ।

यसदिन जलविद्युत, जीवन बीमा, म्युचुअल फन्ड र फाइनान्स समूहबाहेक सबै परिसूचक उकालो लागेको छ । यसदिन बैकिङ ०.७९, ट्रेडिङ .४२, होटल्स १०.७, विकास बैंक ५.९६, निर्जिवन बीमा ७२.४१, उत्पादनमूलक २५.५, अन्य ५.३५ र लघुवित्त २९.८ अंकले उकालो लागेको छ ।

यसदिन सिवम् सिमेन्ट, नागरिक लगानी कोष, एनआइसी एसिया बैंक,नेको इन्स्योरेन्स लगायतका कम्पनीको कारोबार धेरै भएको छ ।

सोमबार पाँच प्रतिशत भन्दा बढी कमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्था, एनएलसी इन्स्योरेन्स, रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा एभरेष्ट बैंक लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।

सोमबार दिनभर १७५ कम्पनीका २३ लाख कित्ता सेयरको ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार परिसूचक घटे पनि कारोबार भने ९५ करोडको भएको नेप्सेले जनाएको छ ।

प्रकाशित: Feb 10, 2020| 15:33 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्