बुधबार, भदौ ३, २०८३

म्यानको अध्यक्षमा वाणिज्य बैंकका सिइओ श्रेष्ठ

 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन्। उनी राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत समेत हुन्।

उनले गत शुक्रबार संघबाट उत्कृष्ठ व्यवस्थापकको समेत सम्मान पाएका थिए । संघमा श्रेष्ठ व्यक्तिगत रुपमा आवद्ध भएका थिए । त्यस्तै म्यानको संस्थागत सदस्यबाट प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन्।

त्यस्तै द्वितीय उपाध्यक्षमा आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल निर्वाचित भएका छन्। महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचत भएकी छिन्।

१९ जनाको कार्यसमिति भएको म्यानमा ११ जना व्यक्तिगतबाट सदस्य छान्ने व्यवस्था छ भने ६ जना संस्थागतबाट छानिन्छन्। एक जना निवर्तमान अध्यक्ष सदस्य हुने छन् भने सरकारले एक जना मनोनित गरी पठाउने छ ।

१९ सदस्यको निर्वाचनपछि त्यहीँबाट पदाधिकारीहरु निर्वाचित हुने प्रावाधान म्यानमा रहेको छ ।

प्रकाशित: Feb 10, 2020| 13:52 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्