काठमाडौं– भ्यालेन्टाइन्स डे नजिकिँदो छ । विदेशी पर्व भए पनि विशेषगरी युवा वर्ग माझ भ्यालेन्टाइन्स डे निकै लोकप्रिय छ । आफ्ना मन मिल्ने मानिसलाई उपहार दिँदै मनका भावना प्रस्तुत गर्ने दिनका रुपमा यसको विशेष महत्व छ ।
साथीभाइ, आमाबुबा, प्रेमी–प्रेमिका लगायतले यस दिनमा उपहार आदान प्रदान गरी आफ्ना प्रेमिल भावना ब्यक्त गर्ने चलन रहँदै आएको छ ।
यस्तोमा राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटी पनि बस्न थालेको छ । यस परिपाटीमा अहिले बजारमा निकै लोकप्रिय ४८एमपी क्वाड क्यामेरा सुसज्जित ओपो एनाइन २०२० उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।
मितव्ययी मूल्यमा अत्याधुनिक फिचर्स सुसज्जित ओपो एनाइन २०२० विशेष युवावर्ग लक्षित फोन भएको कम्पनीले बताएको छ । पुरुष र महिला दुवैका लागि उपयुक्त यो उपकरण उपहारका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
अत्याधुनिक क्यामेरा प्रविधि, आकर्षक र प्रयोगमैत्री ईन्टेलिजेन्ट डिजाइन, हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन, सुदृढ गेमिङ अनुभव र पर्याप्त सञ्चय क्षमता जस्ता विशेषता यो फोनमा रहेको कम्पनीको भनाइ छ।