काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंकले पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालय मार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगंैचा स्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोलाले गरेका थिए ।
बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
वडाध्यक्ष शोभामोहन पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशी राज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनिय कार्य गरेकोले धन्यवाद ज्ञापन गर्दै बैकलाई सबै क्षेत्रले सहयोग गर्नु पर्ने कुरामा जोड दिएका थिए ।