बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसलाई नेम्वाङको प्रश्न– अदालतमा गइसकेको विषयमा हामीले के गर्नुपर्‍यो ?

कांग्रेसलाई नेम्वाङको प्रश्न– अदालतमा गइसकेको विषयमा हामीले के गर्नुपर्‍यो ?

कांग्रेसले निरन्तर संसद् अवरुद्ध गरिरहेपछि सत्तारुढ दल नेकपाका सांसदहरुले आपत्ति जनाएका छन्। अदालतमा पुगिसकेको विषयलाई संसदमा उछालेको भन्दै नेकपाका नेताहरुले कांग्रेसप्रति प्रश्न उठाएका छन्।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं- आफ्नो पार्टीका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ।

बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा नेकपाका नेताहरुलाई बचाएर गच्छदारलाई फसाइएको कांग्रेसको आरोप छ।

कांग्रेसको अवरोधका कारण आज (मंगलबार) तेस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक सुरु भएको जानकारी दिनासाथ कांग्रेसका सांसदहरु आफ्नो आशनबाट उठेपछि सभामुख अग्नि सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन्।

कांग्रेसले निरन्तर संसद् अवरुद्ध गरिरहेपछि सत्तारुढ दल नेकपाका सांसदहरुले अदालतमा पुगिसकेको विषयलाई संसदमा उछालेको भन्दै कांग्रेसप्रति प्रश्न उठाएका छन्।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कांग्रेसप्रति कटाक्ष गर्दै कांग्रेसको माग नै प्रष्ट नभएको बताए। ‘कांग्रेसले किन सदन अवरुद्ध गरेको हो ? सरकारसँग कांग्रेसको माग के हो?’ नेम्वाङले भने, ‘हामीले के माग पूरा गर्नुपर्ने हो, जानकारी पाउँ।’

उता, कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले नेपाल समयसँग भनिन्, ‘सरकारसँग हाम्रो कुनै माग छैन। संवैधानिक निकायमाथि सरकारको प्रभाव देखिएको छ। हाम्रो विरोध त्यसको हो।’

भुसालले थपिन्, ‘संवैधानिक निकायलाई प्रभावमा पारेर हाम्रा उपसभापतिलाई बदनाम गराउनु र त्यसलाई सरकारले उपलब्धि ठान्नुले के देखाउँछ भने यसमा सरकारको पनि हात छ।’

नेकपा नेता नेम्वाङ भने अदालती प्रक्रियामा गइसकेको विषयबारे सदनमा प्रश्न उठाउन नमिल्ने तर्क गर्छन् । ‘यति सामान्य ज्ञान पनि प्रतिपक्षी साथीमा भएन। अदालतमा गएको मुद्दामा हामीले के गर्नुपर्यो?’ नेम्वाङले प्रश्न गरे।

भुसालले अदालतमा गइसकेको मुद्दामा आफूहरुको कुनै टिकाटिप्पणी नरहेको बताइन्। उनले भनिन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा कुनै टिकाटिप्पणी छैन। अदालतलाई कुनै प्रभावमा पार्न खोजिएको पनि छैन।’

नेपाली कांग्रेस संविधानको  परिकल्पना अनुसारको संवैधानिक अंगलाई निष्पक्ष बनाउने पक्षमा रहेको उनले बताइन्। ‘संविधानले परिकल्पना गरेको संवैधानिक आयोग निष्पक्ष हुनुपर्छ। कसैको प्रभावमा पर्नु भएन। पछिल्लो घटनाक्रमले प्रतिशोध साधेको देखिन्छ। हामीले यही प्रवृत्तिको विरोध गरेका हौं,’ भुसालले भनिन्।

संवैधानिक अंगहरु सरकारको प्रभावमा परे भने लोकतन्त्र गुम्ने खतरा रहेको भन्दै उनले थपिन्। ‘संसद प्रमुख प्रतिपक्षी दलकै हो। सरकारले सदनमाथि प्रभाव पार्ने काम गरेको छ। प्रमुख प्रतिपक्षी दलको कुरा सुनेको छैन। त्यसकारण हामीले सदनको उपयोग गरेका हौं,’ उनले भनिन्।

संसदमा अवरोध कहिलेसम्म कायम रहन्छ ? भन्ने प्रश्नको जवाफमा सचेतक भुसालले भनिन्, ‘सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। बैठकले नै निर्णय गर्छ।’

प्रकाशित: Feb 09, 2020| 17:36 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।