मंगलबार, असार ३०, २०८३

विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्ध नेपालको जित

 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं ‘विश्वकप क्रिकेट लिग–२’ को त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले पहिलो जित हात पारेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार दिउँसो सम्पन्न खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो।

नेपालले दिएको १९१ रनको लक्ष्य लिएर मैदान उत्रिएको अमेरिका १५५ रनमा समेटियाे।

उसले ४४.१ ओभरमा सबै विकेट गुमायो। अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले ४ विकेट लिए। त्यस्तै शुसन भारीले ३, सन्दीप लामिछानेले २ तथा कुशल मल्लले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन जोडेको थियो। कुशल मल्ल र विनोद भण्डारीको अर्धशतकको मद्दतमा नेपालले अमेरिकासामु १९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५९ रन बनाए। ६९ बल सामना गरेका उनले आफ्नो पारीमा ६ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले ५० रनको योगदान दिए। ५१ बलको सामना गरेका उनले आफ्नो पारीमा ४ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २१, पारस खड्काले १९, करन केसीले १२ र र सुशान भारीले ११ रन बनाए।
अविनाश बोहरा ५ रनमा अविजित रहेका थिए।

अमेरिकाका क्यामरोन स्टेभेन्सनले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा २ मेडन फाल्दै २९ रन खर्चिए।

यस्तै, सौरभ नेत्राभाल्करले र रुस्टी थेरोनले २–२ तथा करिमा गोरे, इयान हल्यान्ड र इल्मोरे हुट्चिन्सन समान १ विकेट लिएका थिए।
यसअघि नेपाल शृंखलाको आफ्नो पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो।

अमेरिकाविरुद्धकाे जितसँगै नेपालले अंक तालिकामा अंक जाेडेकाे छ। नेपाल आइतबार ओमानसँग भिड्नेछ।

प्रकाशित: Feb 08, 2020| 17:00 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।