बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारीलाई ‘रेड कार्ड’ देखाउन बालुवाटार पुगेकाहरु पक्राउ

भ्रष्टाचारीलाई ‘रेड कार्ड’ देखाउन बालुवाटार पुगेकाहरु पक्राउ

भ्रष्टाचारीलाई ‘रेड कार्ड’ देखाउन बालुवाटार पुगेका विवेकशील नेपालीका नेताहरू पक्राउ परेका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं- भ्रष्टाचारीलाई ‘रेड कार्ड’ देखाउन बालुवाटार पुगेका विवेकशील नेपालीका नेताहरू पक्राउ परेका छन्।

प्रदर्शनका लागि गएका विवेकशील नेपाली दलका ११ जना नेताहरु पक्राउ परेका हुन्।

वालुवाटारको ललिता निवासको सरकारी जग्गा हत्याउन संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका शनिबार बिहान ‘भ्रष्टाचारीलाई रेड कार्ड’ अभियान गर्न विवेकशील नेपाली दलका नेताहरु बालुवाटार पुगेको थिए।

प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता एवम् सदस्यहरुलाई प्रहरीले नियन्त्रण लिएको भन्दै उक्त पार्टीले तत्काल रिहाईको माग गरेको छ।

पक्राउ पर्नेमा संगीता बाटाजु, आलोक सुवेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई, रजिया बानु र अजिता राई रहेका छन्।

उक्त पार्टीले एक विज्ञप्ती जारी गर्दै वालुवाटारको ललिता निवासको सरकारी जग्गा हत्याउन विगत ३० वर्षमा भएका हतकण्डाहरूको बारेमा सार्वजनिक भएपछि विवेकशील नेपाली दलले निरन्तर दबाब कार्यक्रम गर्दै आएको जनाएको छ।

साथै सो पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले यसमा संलग्न भएका भनिएका व्यक्तिहरूलाई मुद्दा लगाउने निर्णय गरेकोमा स्वागत गरेको छ।

प्रकाशित: Feb 08, 2020| 14:44 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।