बुधबार, वैशाख १६, २०८३

महाभियोगमा बयान दिने दुई अधिकारी ट्रम्पद्वारा बर्खास्त

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीमाथि लागेको महाभियोग प्रस्तावमा आफूविरुद्ध बयान दिएका दुई वरिष्ठ...
 |  शनिबार, माघ २५, २०७६

बीबीसी

बीबीसी

शनिबार, माघ २५, २०७६

न्युयोर्क - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनीमाथि लागेको महाभियोग प्रस्तावमा आफूविरुद्ध बयान दिएका दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेका छन्।

National life

ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डल्यान्डले भने, ‘राष्ट्रपतिले तत्काल लागू हुने गरी मलाई फिर्ता बोलाउन सुझाव दिएको भनिएको छ।’

युक्रेन मामिलाका वरिष्ठ विज्ञ लेफ्टिनेन्ट कर्नेल अलेक्जेन्डर भिन्डम्यानलाई ह्वाइट हाउसबाट निष्कासन गरिएको थियो।

बुधबार महाभियोगमा सिनेटरहरूबाट सफाइ पाएपछि ट्रम्पले कर्मचारीतन्त्रमा उथलपुथल गर्ने चाहना राखेको बताइएको छ।

ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई युक्रेन मामिलामा महाभियोग नलगाउने निर्णय लिएको थियो।

kumari

राष्ट्रिय सुरक्षा परिषद्मा वरिष्ठ वकिल तथा भिन्डम्यानका जुम्ल्याहा भाइ येभजेनी भिन्डम्यानलाई पनि सैन्य विभागमा फिर्ता पठाइएको थियो।

विज्ञप्तिमा सन्डल्यान्डले भनेका छन्, ‘राष्ट्रपतिले मलाई ईयूका लागि अमेरिकी राजदूतबाट तत्काल फिर्ता बोलाएको भनियो।’

‘सेवा गर्ने मौका दिएकोमा राष्ट्रपति ट्रम्प, निरन्तरको समर्थनप्रति मन्त्री माइक पोम्पेओ र ईयू कार्यालयमा काम गर्ने व्यावसायिक तथा समर्पित कर्मचारीप्रति म आभारी छु।’

प्रकाशित: Feb 08, 2020| 11:51 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।