बिहीबार, चैत १२, २०८२

एसईई विद्यार्थीलाई ‘ट्रिटन’ को अभिमूखिकरण

गुणस्तरीय शिक्षाको माध्यमबाट शैक्षिक क्षेत्रमा ख्याति कमाउन सफल काठमाण्डौंको ट्रिटन इन्टरनेशनल सकेन्ड्री स्कुल/कलेजले एसईईमा सहभागी हुन गइरहेका विद्यार्थीहरुलाई लक्षित गरी जनकपुरमा एकदिने अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

जनकपुरधाम- गुणस्तरीय शिक्षाको माध्यमबाट शैक्षिक क्षेत्रमा ख्याति कमाउन सफल काठमाण्डौंको ट्रिटन इन्टरनेशनल सकेन्ड्री स्कुल/कलेजले एसईईमा सहभागी हुन गइरहेका विद्यार्थीहरुलाई लक्षित गरी जनकपुरमा एकदिने अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

National life

आगामी चैत महिनामा हुन गइरहेको एसईईलाई मध्यनजर गरी विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्ने तरिकाका विषयमा जानकारी गराउन ट्रिटनले शुक्रबार जनकपुरमा एक दिने अभिमूखिकरण गरेको हो।

एसईईमा सहभागी हुने परीक्षार्थीहरुलाई उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याउने उद्देश्यले ट्रिटन कलेज विगत तीन वर्षदेखि जनकपुरमा अभिुखीकरण कार्यक्रम गर्दै आइरहेको छ।

कार्यक्रममा बोल्दै डिभी गु्रप अफ कम्पनीज तथा ट्रिटन कलेजका अध्यक्ष विश्वनाथ प्रसाद साहले गुणस्तरीय र समयको मागअनुसार अध्यन अध्यापन गराउँदै आएकोले कम समयमा ट्रिटन कलेज आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताए।

कलेजको बारेमा बोल्दै शाहले भने,‘हामी शैक्षिक क्रियाकलापमा मात्र केन्द्रीत छैनौं। विद्यार्थीहरुको क्षमताअनुसार कलेजेले अतिरिक्त क्रियाकलापतर्फ समेत ध्यान दिँदै आइरहेको छ।’

Laxmi sunrise bank
kumari

गुणस्तरीय शिक्षा र कलेजको विद्यार्थीमैत्री वातावरणका कारण पछिल्लो दुई वर्षदेखि उत्कृष्ट कलेजको उपाधि प्राप्त गर्नसमेत आफूहरु सफल भएको उनले जानकारी दिए।

कलेजका अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका विज्ञान संकायका प्रध्यापक मदन शाक्य, प्रशासकीय प्रमुख ऋतु न्यौपाने, अंग्रेजी विभागका प्रमुख कुमार थापा, कलेजक पूर्व विद्यार्थी शिवांग दत्तलगायतका व्यक्तिहरुले एसइई परीक्षाको तयारी, एसइई परीक्षापछि अध्ययन गर्ने विद्यालय र विषयबारे कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई जानकारी गराएका थिए।

कार्यक्रममा प्रितम पौडेलले विद्यार्थीहरुलाई एसईई तयारीका साथै परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विधिबारे जानकारी गराए।

ट्रिटन कलेजले आयोजना गरेको अभिमुखीकरणबाट आफूहरु लाभान्वित भएको सहभागी विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन्। खास गरेर जनकपुरमा एसईईपूर्व यसखाले कार्यक्रमको आयोजनाले आफूहरुलाई पक्कै लाभ पुर्याउने उनीहरुको भनाइ थियो।

कार्यक्रममा जनकपुरका एक दर्जनभन्दा बढी विद्यालयका पाँचसय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Feb 07, 2020| 20:28 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्