बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जेलबाट छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिने वकिल पक्राउ

जेलबाट छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिने वकिल पक्राउ

राजस्व चुहावट मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिएको आरोपमा प्रहरीले एक वकिललाई पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– राजस्व चुहावट मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ४२ लाख घुस लिएको आरोपमा प्रहरीले एक वकिललाई पक्राउ गरेको छ।

राजस्व चुहावट मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रमेश दाहालको परिवारसँग घुस लिने अधिवक्ता टंक रानामगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले माइतीघरमा रहेको जनन्यायिक कानुनी सेवा केन्द्रबाट रानामगरलाई शुक्रबार अपराह्न पक्राउ गरेको जानकारी दिए।

प्रहरीका अनुसार रानामगरले कारागारबाट छुटाइदिन्छु भनेर दाहाल परिवारबाट ४२ लाख घुस लगेका थिए । तर उनले छुटाउन नसकेपछि दाहाल परिवारले उजुरी दिएका थिए। रानामगरले दाहाल परिवारसँग पटकपटक गरी ४० लाख नगद र दुई लाखकाे चेक लगेकाे प्रहरीले जनाएकाे छ।

दाहाललाई राजस्व चुहावट गरेकाे आराेपमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराेले पक्राउ गरी ०७५ म‌ंसिर २४ गते मुद्दा चलाएकाे थियाे। उक्त मुद्दा सुनुवाइ गर्दै अदालतले उनलाई ५ कराेड धराैटी माग गरेकाे थियाे।

जिल्ला अदालतकाे याे निर्णयविरुद्ध दाहालले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

उच्च अदालतले २ करोड २५ लाख रुपैयाँ धराैटी माग गरेकाे थियाे। साे धराैटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए। दाहाल माेबाइल रिचार्ज कार्ड र सिमकार्डका काराेबारी हुन्।

घुस लिने वकिललाई थप कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी परिसरमा बुझाएकाे छ।

प्रकाशित: Feb 07, 2020| 14:53 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।