बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास जग्गा किनबेच प्रकरण : शक्तिशालीदेखि हच्किएकै हाे अख्तियार ?

ललिता निवास जग्गा किनबेच प्रकरण : शक्तिशालीदेखि हच्किएकै हाे अख्तियार ?

राजधानीबाट आज प्रकाशित प्रायः सबै ब्रोडसिटका दैनिक पत्रपत्रिकाले ललिता निवास प्रकरणसम्बन्धी विषयलाई मुख्य समाचार बनाएका छन्।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित प्रायः सबै ब्रोडसिट दैनिक पत्रिकाले ललिता निवास प्रकरणसम्बन्धी विषयलाई मुख्य समाचार बनाएका छन्।

कान्तिपुर दैनिकले ‘ललिता निवास प्रकरण: किर्ते र ठगीमा पनि कारवाही अघि बढ्दै’ शीर्षकको समाचारलाई पहिलो पृष्ठमा मुख्य समाचार बनाएको छ।

“प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा संलग्न १७२ जनामाथि किर्ते र ठगीको मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको भोलिपल्टै प्रहरीले गृह मन्त्रालयलाई जाहेरीका लागि पत्राचार गरेको हो,” समाचारमा भनिएको छ।  

नागरिक दैनिकले यही विषयसम्बन्धी समाचारलाई ‘शक्तिशालीदेखि अख्तियार हच्कियो’ शीर्षक दिएको छ।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर ुहुने दुई जनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गरिएको छ। जग्गाधनी कुमार रेग्मी र नवीन पौडेलले अख्तियारलाई बयान दिने क्रममा जग्गा फिर्ता गर्न मन्जुर भएको भन्दै अख्तियारले मुद्दा नचलाएको हो,” समाचारमा भनिएको छ।

यस्तै, अन्नपूर्ण पोस्ट दैनिकले ‘पूर्वमन्त्रीको सम्पत्ति छानबिन’ शीर्षकको समाचार प्रकाशित गरेको छ। “सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका उच्च राजनीतिक व्यक्ति र व्यापारिक घरानामाथि अनुसन्धान थालेको छ,” समाचारमा उल्लेख छ।

सोही दैनिकले चीनका नेपालीलाई तुरुन्त ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनको समाचारलाई पनि पहिलो पृष्ठमा प्रकाशित गरेको छ।

कान्तिपुर दैनिकले अन्तरिक्षमा ३२८ दिन बिताएर फर्केकी अमेरिकी महिला अन्तरिक्ष यात्री अवतरण भएको समाचार पहिलो पृष्ठमा प्रकाशित गरेको छ।

प्रकाशित: Feb 07, 2020| 06:46 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।