बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुमार पौडेलकी आमाले दिइन् सिडियो र एसपीसहित १० जनाविरुद्ध किटानी जाहेरी

कुमार पौडेलकी आमाले दिइन् सिडियो र एसपीसहित १० जनाविरुद्ध किटानी जाहेरी

सप्तरीमा गत असार ५ गते प्रहरीको गोली प्रहारबाट मृत्यु भएका कुमार पौडेलकी आमाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित १० जनाविरुद्ध किटानी दर्ता गरेकी छिन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

सप्तरी- सप्तरीमा गत असार ५ गते प्रहरीको गोली प्रहारबाट मृत्यु भएका कुमार पौडेलकी आमाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित १० जनाविरुद्ध किटानी दर्ता गरेकी छिन्।

कुमारकी आमा ७० वर्षीय दुर्गादेवी पौडेलले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराईसहित १० जनाका नाममा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी दर्ता गरेकी हुन्।

२ नम्बर प्रदेशका प्रहरी प्रमुख हरिबहादुर पाल, बागमती नगरपालिका मेयर भरतबहादुर थापालाई पनि विपक्षी बनाइएको छ। अधिकारकर्मीहरु चरण प्रसाई, इन्द्र अर्याल, बद्री भुषालको समन्वयमा कर्तव्य ज्यान अन्र्तगत किटानी दिएको

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका नेता पौडेलको मृत्यु ‘दोहोरो गोली हानाहान’ मा भएको प्रहरीले बताएको थियो। पौडेललाई नियन्त्रणमा लिएर मारिएको परिवारको दाबी छ।

प्रकाशित: Feb 06, 2020| 20:05 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।