बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १८९ वटा मोवाइल चोरी गर्ने तिब्बतीयन नागढुङ्गाबाट पक्राउ

१८९ वटा मोवाइल चोरी गर्ने तिब्बतीयन नागढुङ्गाबाट पक्राउ

प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई नागढुङ्गाबाट पक्राउ गरेको छ ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

काठमाडाैं- प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई नागढुङ्गाबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई मंगलबार पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ ।

काँकडभित्ताबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१ ००६–ख ०२४७ नम्बरको बस जाँच गर्दा दुईवटा सुटकेशमा हाली बसको डिकीमा लुकाएर ल्याएको अवस्थामा मोबाइल फेला परेको हो । मोबाइलको भन्सार पाससमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।

नागढुङ्गानमा मोबाइल बरामद भए पनि खोज्दै जाँदा काठमाडौँको गोँङ्गबु बसपार्कबाट उनलाई पक्राउ गरिएको हो ।

प्रारम्भीक अनुसन्धानको क्रममा उक्त सुटकेश जिम्मा लिनको लागि सम्बन्धित धनी गोँङ्गबु बसपार्कमा आउने जानकारी पाएपछि नागढुङ्गाबाट प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको प्रहरी टोली बसपार्क आएको थियो ।

सोही क्रममा बसपार्कमा सुटकेस लिन आएका उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ । उक्त मोबाइलको अनुमानित बजार मूल्य रू २१ लाख ७३ हजार ५०० छ ।

प्रकाशित: Feb 05, 2020| 08:08 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।