बुधबार, भदौ ३, २०८३

बलात्कार आरोपमा बुवा पक्राउ

डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। विगत ६ महिनादेखि आफ्नै १६ वर्षीय छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्ती करणी गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको हो।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं - डडेल्धुरामा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। विगत ६ महिनादेखि आफ्नै १६ वर्षीय छोरीलाई डरधाक देखाइ पटक–पटक जबरजस्ती करणी गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको हो।

पटक-पटक जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई सोमबार पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका उनीमाथि जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी मंगलबार डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी न्यौपानेले बताए।

प्रकाशित: Feb 04, 2020| 18:12 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।