बुधबार, भदौ ३, २०८३

महोत्तरीका ११ स्थानमा कोरोना हेल्थ डेस्क

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्लाका भारतीय सीमा नाका ११ स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

महोत्तरी– कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्लाका भारतीय सीमा नाका ११ स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ।

ती सीमा नाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए/नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरेको उनले बताए।

डेस्कमा उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएको छ। नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ। आवश्यकता अनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी र्दिए।

प्रकाशित: Feb 04, 2020| 10:07 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।