काठमाडौं– कोरोना भाइरस संक्रमणबाट हङकङमा एक जनाको मृत्यु भएको छ। डिसेम्बरमा चीनको वुहानमा फैलिएको संक्रमणमा हालसम्म ४२७ को निधन भएको छ।
तीमध्ये ४२५ जना चीनको मुख्य भूमिका छन् भने एकजना फिलिपिन्सका छन्। हङकङका ३८ वर्षीय पुरुषको निधन भएको अधिकारीहरूले बताएका छन्।
उनले जनवरी २१ मा वुहान भ्रमण गरेका थिए।
हङकङमा स्वास्थ्यकर्मीको हडताल
चीनसँगको सिमाना बन्द गर्न माग गर्दै हङकङका स्वास्थ्यकर्मीले हडताल गरेका छन्। स्वास्थ्यकर्मीहरू हडतालमा उत्रिएपछि उपचारमा समस्या भएको छ।