बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाेषणकाे प्रशिक्षण दिँदै गर्दा ढलेका प्रशिक्षकको मृत्यु

पाेषणकाे प्रशिक्षण दिँदै गर्दा ढलेका प्रशिक्षकको मृत्यु

सुआहारा गैरसरकारी संस्थामा कार्यरत ‘वाश’ का क्षेत्रीय संयोजक आलोकचन्द्र न्यौपानेको प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा मृत्यु भएको छ ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

सङ्खुुवासभा- सुआहारा गैरसरकारी संस्थामा कार्यरत ‘वाश’ का क्षेत्रीय संयोजक आलोकचन्द्र न्यौपानेको आइतबार साँझ प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा मृत्यु भएको छ ।

एकीकृत पोषण तथा स्वास्थ्य कार्यक्रमको समीक्षा तथा दिगोपनासम्बन्धी चैनपुर नगरस्तरीय कार्यशाला गोष्ठी चलिरहेको बेला मुटुरोगद्वारा पीडित न्यौपानेको मृत्यु भएको हो ।

चैनपुर नगरपालिकाद्वारा सञ्चालित कार्यशालामा प्रशिक्षण दिने क्रममा बेहोस बनेका ४९ वर्षीय न्यौपानेलाई उपचारका लागि नजीकको स्वास्थ्य केन्द्र हेल्पिङ ह्यान्ड्समा लैजाँदै गर्दा साँझ ६ः४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

गोष्ठीमा नगर प्रमुख भरतकुमार खत्रीसहित ११ वडाका अध्यक्षहरु, नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा कार्यरत कार्यालय प्रमुख तथा प्रतिनिधिहरु र स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो ।

मृतक न्यौपानेको शव सोमबार नै उनको भक्तपुरस्थित चाँगुनारायण नगरपालिका–३ मा रहेको घर पठाइएको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिए । रासस

प्रकाशित: Feb 04, 2020| 09:10 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।