बुधबार, भदौ ३, २०८३

गृहसचिवमा न्यौपाने

गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपाने सुरुवा भएका छन्।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपाने सुरुवा भएका छन्। बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले  २० गतेदेखि स्वीकृत हुने गरी राजीनामा दिएपछि गृह सचिव रिक्त भएको थियो।

मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग आयोगका सचिव न्यौपानेलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश एक नं. १ का प्रमुख सचिव सुरेश अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई सचिवमा बढुवा गरी प्रदेश १ को प्रमुख सचिवमा पठाइएको छ।

प्रकाशित: Feb 04, 2020| 09:00 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।