बुधबार, भदौ ३, २०८३

अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका

अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं- अछाममा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घर भन्दा करिब ५ सय मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।

गाई भैसी बाध्ने गोठ भित्रै शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता इन्स्पेक्टर रमेश अवस्थीले नेपाल समयलाई जानकारी दिए । उनका अनुसार शव प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा अनुसन्धान सुरु गरिएको छ ।

हत्या नै भएको हो वा कालगतिले मृत्यु भएको भन्ने विषयमा शव परिक्षण गरेपछि मात्रै भन्न सकिने अवस्था रहेको उनले बताए । स्थानीय र मृतक वडाध्यक्षका आफन्तले भने हत्या नै भएको हुन सक्ने दाबी गरेका छन् ।

मंगलबार बिहान आफन्तले घरमा नभेटेपछि वडाध्यक्ष धामीको खोजी गरेका थिए । खोजीका क्रममा उनको शव गोठमा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

धामी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: Feb 04, 2020| 07:53 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।