बुधबार, भदौ ३, २०८३

अब विद्यालयको योजना राष्ट्रपतिले छनोट गर्ने !

विद्यालयको आवाश्यकता मूल्यांकनसमेत नगरी राष्ट्रपति कार्यालय र संघीय सरकारले छनोट गरेका योजनामा बजेट पठाउने गरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यविधि बनाइएको हो ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई मुख्य समाचार बनाएका छन् ।

कसैले एमसीसीकाे बहसलाई मुख्य समाचार बनाएका छन् भने कसैले कोरोना भाइरसको त्रासपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीलाई निगरानीमा राखिने विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

यस्तै हायात होटलमा सञ्चालकले सरकारी शेयर झ्वाम पारेर सरकारमाथि नै अन्याय गरेको, नेकपामा वामदेव गौतम शक्तिशाली बनेको विषयलाई पनि आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

आजको कान्तिपुर दैनिकले नोवल कोरोना संक्रमणको त्रासपछि चीनबाट नेपाल ल्याउन लागिएका नेपाली विद्यार्थीलाई कम्तिमा १४ दिन निगरानीमा राख्न लागिएको विषयलाई मुख्य समाचार बनाएको छ । चीनबाट नेपाल ल्याउन लागिएका १८० विद्यार्थीका लागि आज बेलुकासम्ममा क्वारेन्टाइन स्थल निर्धारण गर्ने सरकारको तयारी छ ।

यस्तै कान्तिपुरले विद्यालयको योजना छनोट राष्ट्रपतिबाट शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारको योजना छनोटमा राष्ट्रपतिलाई सक्रिय बनाउने तयारी गरेको हो ।

विद्यालयको आवाश्यकता मूल्यांकनसमेत नगरी राष्ट्रपति कार्यालय र संघीय सरकारले छनोट गरेका योजनामा बजेट पठाउने गरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यविधि बनाइएको हो । कार्यक्रमको ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खर्च गर्न योजना छनोट गर्ने कार्यविधि बनाइएको कान्तिपुरले लेखेको छ ।

अन्नपूर्ण पोस्ट्ले एमसीसी संशोधन गरिने शीर्षकमा मुख्य समाचार छापेको छ । नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालसँग छोटो कुराकानी सहितको खबर उसले छापेको छ ।

यस्तै बाल मन्दिरमा अनाथको कोटामा, बाठाटाठाका सन्तान पढ्ने गरेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । अनाथ बालबालिकालाई छुट्याइएको कोटामा बाल मन्दिरका पदाधिकारीले रजाइँ गरिरहेको समाचारमा उल्लेख छ ।

यस्तै कोरोना भाइरसका कारण चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको समाचारमा उल्लेख छ।

आजको नागरिक दैनिकले नेकपाको केन्द्रमा गौतम शीर्षकमा मुख्य समाचार छापेको छ । संगठन विभागलाई नेतृत्व गर्दै आएका वामदेव गौतम पार्टी उपाध्यक्षको जिम्मेवारी पनि पाएपछि थप शक्तिशाली भएको समाचारमा उल्लेख छ ।

आजको नयाँ पत्रिकाले भने हायात होटलका सञ्चालकले गरेको बद्मासीलाई मुख्य समाचार बनाएको छ ।

हायात होटेलमा राज्यको ३०४ रोपनी जग्गाः तर सरकारको सेयर ३९.७७ बाट झारेर जम्मा ९.०१ प्रतिशतमा सीमित, खुलासा भएको एक वर्षसम्म सरकार मौन शीर्षकमा उसले खबर छापेको छ ।

आजको कारोबार दैनिकले भने देशभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेको विषयलाई मुख्य समाचार बनाएको छ । रणनीतिक सडकहरुको पुल निर्माणका केहि प्रगति भएपनि स्थानीय सडकका पुलहरुमा समस्या धेरै देखिएको समाचारमा उल्लेख छ ।

प्रकाशित: Feb 04, 2020| 06:53 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।