बुधबार, भदौ ३, २०८३

चितुवाको आक्रमणबाट २० जना घाइते

पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काभ्रे- पाँचखाल नगरपालिका–६ स्थित जैसिडिही र गणेशस्थान गाउँका २० भन्दा बढीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।

आज (सोमबार) जैसिडिहीमा र आइतबार बेलुका गणेशस्थानका दुई जनालाई आक्रमण गरी घाइते बनाएको हो।

चितुवाले सोमबार खेतमा काम गरिरहेका जैसिडिहीका ३० वर्षीय अर्जुन श्रेष्ठलाई आक्रमण गरेपछि सोही गाउँमा बारीमा स्याउला लिन जानुभएका एक महिलालगायत अन्यलाई क्रमैसँग दिउँसो आक्रमण गरेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए।

उनका अनुसार खेतबारीमा काम गरिरहेका र घरआँगनमै भएकालाई चितुवाले आक्रमण गरी ढाडमा चोट पुर्याउने र केहीको कान लुछेको हो।

श्रेष्ठलाई सोमबारै उपचारार्थ टेकु अस्पताल लगिएको छ भने अन्य घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ। एउटै चितुवाले मानिसलाई आक्रमण गरिरहेको हुनसक्ने दुलालले बताए। उनले घाइतेहरुको खोजी कार्य पनि भइरहेको बताए।

यसैबीच २० भन्दा बढी मानिसलाई आक्रमण गरेपछि स्थानीयले आज अपराह्न चितुवालाई मारेका छन्। क्रमैसँग जैसिडिहीका बासिन्दालाई आक्रमण गरी गम्भीर घाइते बनाउन थालेपछि स्थानीयले चितुवालाई मारेको वडाध्यक्ष दुलालले बताए।

यसअघि भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा रहेका छन्। भुम्लु गाउँपालिका–७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए।

गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको र अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उनले जानकारी दिए।

उनका अनुसार गत शुक्रबार राति चितुवाले स्थानीय लक्ष्मी रिजालको दुई वटा बाख्रा मारेको थियो। टार आसपासमा रहेका कुकुरलाई समेत चितुवाले मारेपछि स्थानीय बासिन्दा त्रसित रहेको उप्रेतीले बताए। उनले भने, ‘चितुवाले आतङ्क फैलाएपछि मानिसलाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि घर बाहिर निस्कने गरिएको छैन।’ रासस

प्रकाशित: Feb 03, 2020| 20:41 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।