बुधबार, भदौ ३, २०८३

उच्च तहको सरकारी पद छाडेर विदेशी जागिर

सरकारको उच्च तहमा पुगेका कर्मचारी पदमा बहाल रहँदै आकर्षक तलब सुविधाको लोभमा अन्तर्राष्ट्रिय संघसंस्थामा जागिर खान जाँदा सरकारको महत्वपूर्ण सूचना चुहावट हुन सक्ने भनेर आलोचना हुने गरेको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– धेरै नेपालीको सपना हुन्छ, अन्तर्राष्ट्रिय स्तरका संघसंस्थामा काम गरेर आफ्नो प्रोफाइल राम्रो बनाउने । अन्तर्राष्ट्रिय संघसंस्थाको उच्च तहमा पुगेका नेपालीहरु पुगेका उदाहरण पनि छन् ।

केही समय यता भने अन्तर्राष्ट्रिय संस्थाहरुमा जागिर खान उच्च तहको सरकारी पद त्याग्ने क्रम बढेको छ।

तीन वर्षअघि नेपाल सरकारका मुख्य सचिवले नै अन्तर्राष्ट्रिय नियोगको जागिर खान पदबाट राजीनामा दिएका थिए। तत्कालीन मुख्य सचिव डा. सोमलाल सुवेदी मुख्य सचिवको पद त्यागेर एसियाली विकास बैंक (एडीबी) को कार्यकारी निर्देशक भएर फिलिपिन्सको मनिला जान गएका थिए। उनी मुख्य सचिव भएको एक वर्षमात्र भएको थियो ।

उनले एडीबीमा जान इच्छा गरेपछि सरकारले नै उनलाई त्यहाँ पठाउने निर्णय गरेको थियो। एडीबीमा राम्रो तलब सुविधा हुने भएपछि उनी मुख्य सचिव छाडेर त्यता गएको बताइन्छ । एडीबीका कार्यकारी निर्देशकको मासिक तलब करिब १८ हजार अमेरिकी डलर (१८ लाख रुपैयाँभन्दा बढी) हुन्छ।

त्यसपछि केही महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठनको जागिर खान राजीनामा दिइन् । सरकारले उनको राजीनामा स्वीकृत गरेन ।

तर पनि उनी सरकारको स्वीकृति नपर्खी डब्लुएचओमा गइन् । कात्तिक १३ गते बुझाइएको चौधरीको राजीनामा पुस तेस्रो सातामात्र स्वीकृत भएको थियो ।

पछिल्लो पटक भने कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले राजीनामा दिएका छन्।

संयुक्त राष्ट्र संघको खाद्य एवं कृषि संगठनमा जागिर खान जिसीले राजीनामा दिएको बताइएको छ। उनको राजीनामा अहिलेसम्म स्वीकृत भइसकेको छैन।

सरकारको उच्च तहमा पुगेका कर्मचारी पदमा बहाल रहँदै आकर्षक तलब सुविधाको लोभमा अन्तर्राष्ट्रिय संघसंस्थामा जागिर खान जाँदा सरकारको महत्वपूर्ण सूचना चुहावट हुन सक्ने भनेर आलोचना हुने गरेको छ।

पदमा बहाल रहँदै पनि अन्तर्राष्ट्रिय नियोग तथा संघसंस्थालाई सहयोग गर्ने र अवकाश हुन लागेपछि राजीनामा दिएरै काम गर्न जाने लालची प्रवृत्तिमा सरकारले कडाइ गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ।

प्रकाशित: Feb 03, 2020| 16:36 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।