बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबरजस्ती करणीका फरार अभियुक्त कुवेत जाँदै गर्दा पक्राउ

जबरजस्ती करणीका फरार अभियुक्त कुवेत जाँदै गर्दा पक्राउ

धादिङमा एक किशोरीलाई जबरजस्ती करणी गरी फरार एक स्काभेटर चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं - धादिङमा एक किशोरीलाई जबरजस्ती करणी गरी फरार एक स्काभेटर चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

गत जेठ १४ गते किशोरीलाई जबजस्ती करणी गरी फरार गजुरी गाउँपालिका–८ का २८ वर्षीय हरिकृष्ण भनिने हेमनसिंह बस्नेतलाई व्यूरोको टोलीले सोमबार विमानस्थलबाट पक्राउ गरेको हो।

भारतमा लुकेर बसेका बस्नेतलाई बैदेशिक रोजगारीका लागि कुवेत जान लागेको अवस्थामा विमानस्थलबाट पक्राउ गरेको व्यूरोले जनाएको छ। बस्नेतले बाटो खन्ने क्रममा हलेदेखोलाकी १६ वर्षीया किशोरीलाई रातिको समयमा कोठामा पसेर मुख थुनी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 03, 2020| 15:14 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।