बिहीबार, असोज २९, २०८३

‘मेमोरी कार्ड’ को लागि परिवारकै सदस्यको हत्या

मोबाइलमा लाग्ने ‘मेमोरी कार्ड’ को लागि विवाद हुँदा धनुषामा एक महिलाको हत्या भएको छ। धनुषाको औरही गाउँपालिका–२ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको परिवारका सदस्यहरु मिलेर हत्या गरेका हुन्।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

जनकपुरधाम- मोबाइलमा लाग्ने ‘मेमोरी कार्ड’ को लागि विवाद हुँदा धनुषामा एक महिलाको हत्या भएको छ। धनुषाको औरही गाउँपालिका–२ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको परिवारका सदस्यहरु मिलेर हत्या गरेका हुन्।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चिन्तामणीका श्रीमान् अनिलकुमार पासवान, ससुरा राधाकृष्ण पासवान, सासु कुमला पासवान र नन्द पुनिता पासवानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले मोबाइलको मेमोरीका लागि नन्द पुनितासँग विवाद भएको निहुँमा सबैले मिलेर चिन्तामणीको उनको घाँटी थिची हत्या गरेको खुलेकाे उनले बताए। 

‘मेमोरीको लागि विवाद हुँदा परिवारका सबै सदस्यले घाँटी थिचेर चिन्तामणीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बस्नेतले भने, ‘हत्या गरे पनि अपराध लुकाउन उनीहरुले झुण्डिएको भनेर हल्लासमेत फैलाए। पछि उपचार गराउन भन्दै अटो रिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याए।’

घटना भएको दिन शनिबार प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याएको भने पनि चिन्तामणीका परिवारका सदस्यहरु त्यहाँबाट फरार भएको एसपी बस्नेतले बताए। प्रहरीले कुमला र पुनितालाई जनकपुरधाम–४ पेठिया बजारबाट तथा राधाकृष्ण र अनिललाई धनुषाको जनकनन्दनी गाउँपालिका–२ बलहा टोलबाट पक्राउ गरेको उनले जानकारी दिए।

प्रकाशित: Feb 03, 2020| 15:03 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।