बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौन दुर्व्यवहारको अरोप लागेका एसएसपी राणाले गरे आत्मसमर्पण

यौन दुर्व्यवहारको अरोप लागेका एसएसपी राणाले गरे आत्मसमर्पण

यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणाले आत्मसमर्पण गरेका छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणाले आत्मसमर्पण गरेका छन्।

संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणाविरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि आइतबार दिउँसो उनी आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) यज्ञराज पोखरेलले जानकारी दिए।.

राणाविरुद्ध जबरजस्ती करणीको अभियोगमा बिहीबार किटानी जाहेरी परेको थियो। जाहेरी दिने महिलाले एसएसपी राणाले इटहरीको एक होटलमा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो।

एसपी पोखरेलले राणा प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको बताए।

प्रकाशित: Feb 02, 2020| 15:37 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।